मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै उम्मेदवारहरूको सम्बन्धमा मत सर्वेक्षण र नतिजा प्रकाशन नगर्न सचेत गराएको हो ।
आयोगकी सहायक प्रवक्ता कमल भट्टराईको हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था रहेको भन्दै त्यस्तो कार्य नगर्न सचेत गराएको हो ।
आयोगले अनुगमनका क्रममा विभिन्न सामाजिक सञ्जालमा मत सर्वेक्षण र त्यसको नतिजा प्रकाशन भइरहेको पाइएको भन्दै उक्त कार्य तत्काल रोक्न आग्रह गरेको छ । आयोगले उपरोक्त व्यवस्थाहरू विपरीत कोही कसैले त्यस्तो कार्य गरेमा कानुन बमोजिम कारबाही हुने अवगत गराएको छ ।
आयोगले जारी गरेको आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्