सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने
सल्यान । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन । जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् ।
जिल्लामा पुरुष मतदाताको सङ्ख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको सङ्ख्या ७७ हजार ४ सय ८९ रहेको छ । एक मात्र प्रतिनिधिसभा रहेको सल्यानमा प्रदेशसभा (क) भन्दा प्रदेशसभा (ख) मा धेरै मतदाता रहेका छन् । जसमा प्रदेश सभा (क) मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन् ।
यस्तै, प्रदेशसभा (ख) मा ४० हजार ३८ पुरुष र ३८ हजार ९ सय ९५ महिला गरेर ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा तीन मतदान स्थल र एक मतदान केन्द्र थप भएका छन् । यससँगै जिल्लामा एक सय १७ मतदान स्थल र दुई सय दुई मतदान केन्द्र कायम भएका छन् ।
अहिले अस्थायी मतदाता नामावलीका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी अस्थायी मतदाता भित्र पर्छन् । तर जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मतदाता नामावली न्यून मात्रामा रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सल्यान, #सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्