खैरहनीबाट नगद २ लाख २४ हजार रुपैयाँ सहित सात जुवाडे पक्राउ
चितवन प्रहरीले दुई लाख २४ हजार पाँच सय बीस रुपैयाँ नगद सहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ३ उनान्टोलस्थित चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका ३ बस्ने बर्ष ४२ को चिरञ्जिावी सडौला, सोही ठाउँका बर्ष ४० को सुक बहादुर तामाङ, बर्ष ४० कै रोशन तामाङ, बर्ष २२ को पारस तामाङ, कृष्ण थापा, बर्ष ३८ को बुद्ध तामाङ र बर्ष २५ को प्रज्वल बिसुराल रहेका छन् ।
उनीहरुलाई प्रहरी निरीक्षक अनोज बिश्वकर्माको कमान्डमा खटी गएको प्रहरीको विशेष टोलीले गएराती ११ बजेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट जुवातास खेल्ने कार्यमा प्रयोग भएको एक बुक तास समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
एक साता अघि मात्रै पनि भरतपुर महानगरपालिका वडा नंम्बर बेलचोकस्थित अनिल गुप्ताको घरबाट २ लाख २२ हजार पाँच सय रुपैयाँ नगदसहित ९ जुवाडेलाइ प्रहरीले पक्राउ गरेको थियो । चाडपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरीलाई राजमार्गमा २४ सै घण्टा गस्तीमा खटाइएको समेत उनलेे बताए । त्यस्तै, जुवाजन्य गतिबिधी खेल खेल्नु र खेलाउनु सामाजिक अपराध भएकोले यस्तो गतिबिधी कहिं कतै भएको पाइए तत्कालै नजीकैको प्रहरीलाई सुचना दिएर सहयोग गर्न समेत उपरीक्षक अधिकारीले सबैमा अपिल गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्