Techie IT
सोमबार, वैशाख २२,२०८२

मेयर शाहको मापसे डान्सको तस्वीर भाइरल


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बारमा पुगेर मादक पदार्थ सेवन (मापसे) गर्दै नाँचेको तस्विरहरु भाइरल भएको छ ।

लन्डन पवले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरहरुमा मेयर बालेन मादक पदार्थ सेवनपछि नाँच गर्दै गरेको देख्न सकिन्छ ।

राजधानीको लन्डन पवमा पुगेर मापसे पछि मेयर बालेनले आफ्नो श्रीमतीसँग गरेको डान्सको तस्वीरहरु सामाजिक सञ्जाल (फेसबुक, टुइटर, टिकटक) मा भाइरल बनेको हो ।

मेयर बालेनको मापसेको तस्वीरहरुमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले मेयर बालेनले पारिवारिक, साथिभाइ जमघटमा रमाइलो गरेको उल्लेख गरेका छन् भने कतिपयले जिम्मेवारी पदमा बसेर नकरात्मक बाटोतर्फ लागेको टिप्पणी गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #मेयर शाहको मापसे डान्सको तस्वीर भाइरल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545