Techie IT
शनिबार, वैशाख १९,२०८३

किन गरे एमाले लुम्बीनी प्रदेश कमिटि सदस्य भण्डारीले पार्टी परीत्याग ?


पाल्पा । नेकपा एमाले लुम्बीनी प्रदेश कमिटि सदस्य एक प्रसाद भण्डारीले पार्टी परीत्याग गरि स्वतन्त्र बस्ने बताएका छन । २०२६ साल देखी कम्युनिष्ट आन्दोलनमा सक्रीय रहदै  जेल जिवन बिताएका भण्डारी पटक पटक एमाले बाट संसदीय मोर्चाबाट अलग गराइएपछि स्वतन्त्र बस्ने निर्णय गरेका हुन।

बिगत लामो समयदेखी पाल्पामा एमालेको शसक्त संगठन निमार्णमा महत्वपूर्ण भूमिका नीर्वाहा गर्दे भूमिगत कालमा तत्कालील एमालेका महासचिव मदन भण्डारी , नेता जिवराज आश्रीत बर्तमान अध्यक्ष केपी ओली , उपाध्यक्ष बिष्णु पौडेल लगायतका शिर्षत नेताहरुलाई भण्डारील लुम्बीनीमा संरक्षण र साथ दिएका थिए ।

२०२६ सालदेखी हालसम्ममा कम्युनिष्टमय पाल्पा बनाउन गरेको योगदान , पार्टीप्रतिको त्याग तपस्या गरेका ब्यक्तथीहरुलाई पार्टीले तल्याउदै , ठेकेदार , दलाल र पैसावाल एवं केन्द्रीय नेताहरुको चाकडी र गुलामी गर्नेले पार्टीमा अवसर एवं जिम्मेवारी पाएको उनको भनाई छ ।

तसर्थ यस्तो पुजीँवादी चिन्तन र चाकडीप्रथाले समग्र कम्युनिष्ट आन्दोलन धरापमा परेकाले एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको र आगामी दिनमा सामाजिक जिवनमा क्रियाशिल रहने उनको भनाई छ ।

लुम्बीनी प्रदेश कमिटि सदस्य एक प्रसाद भण्डारीलाई पार्टीका शीर्षनेताहरुले पाल्पा क्षेत्र नं २ प्रदेश ख मा चुनाव लड्न आग्रह गरेपनि अन्तिम समयमा उनको टिकट खोसीएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एक प्रसाद भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्