Techie IT
शनिबार, जेठ ११,२०८२

पहिरो खसेर नारायणगढ- मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध


काठमाडौं ।  लगातारकाे वर्षाले नारायणगढ- मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै नागढुङ्गा नाका भन्दा तल सुरुङ मार्ग स्थित सडकमा आज बिहान ८:३० बजे पहिरो खसेको कारण दुई तर्फी रुपमा सवारी आवागमन अवरुद्ध भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरो खसेर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545