दशैं सुरु भएसंगै काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो

काठमाडौं । दशैं सुरु भएसंगै काठमाडौं रित्तिन थालेको छ । । उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेपछि काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ ।
घटस्थापनदेखि सुरु भएको दसैँको लागि हरेक दिन करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छोड्ने आकलन गरिएको ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।
ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दशैं सुरु भएसंगै काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो, #प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्