राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भए : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भएको दाबि गरेका छन् ।
काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले राज्य सत्ताका अङग्हरु कसरी प्यारालाईज भएको र सरकारमा भएका व्यक्तिहरुले आफ्नो कार्यभार समाल्ने कुराहरुमा लापारवाहि गरेको बताए ।
‘वास्तवमा राज्य सत्ताका अङग्हरु कसरी प्यारालाईज भईरहेका छन् हामी हेर्दै छौं । अदालतको हालत त्यस्तो छ, कार्यपालिकाको हालत कस्तो छ ? त्यहाँ बस्ने व्यक्तिहरुको अवस्था कस्तो छ ? हामि सबै बुझिरहेका छौ । त्यसैले जे विकृती विसङगति गलत कुरा देखिएका छन त्यसको बारे जनतालाई जानकारी गराउने त्कार्य सबैको हो । ’
यो समस्या राज्यको मात्र नभई राजनीति पार्टीहरुका पनि देखिन थालेको उनको भनाई छ । उनले भने, ‘राजनीति पार्टीहरुको पनि देखिन्छ यो नेता, त्यो नेता, ढिलो निष्कर्ष निकाल्ने यो उचित हुदैन र सहिलाई सहि गलतलाई गलत भन्नुपर्छ । ’
समाज,राज्य र राजनीतिक पार्टीमा जे विकृती विसङगति गलत कुरा देखिएका छन त्यसको बारे जनतालाई जानकारी गराउनु सबैको जिम्मेवारी भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भए : ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्