एकैदिन ३ हजार १३८ जना सवारी चालक कारवाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।
यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एकैदिन ३ हजार १३८ जना सवारी चालक कारवाहीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्