दशैँ र तिहारको बिदामा पनि अध्यागमन सेवा
काठमाडौं । अध्यागमन विभागले आगामी विजयादशमी र दिपावलीको अवसरमा हुने बिदा दिनहरुमा पनि आफ्नो कार्यलाई निरन्तरता दिने भएको छ । विभागले दशै र तिहारको बिदापनि पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला गर्ने भएको हो ।
बडा दशैं तथा दीपावलीको लामो बिदा हुने अवधिमा पनि निश्चित समय तोकेर पर्यटक भिसा र एजेन्सी शाखा खुल्ला गर्ने विभागले जानकारी दिएको हो ।
अध्यागमन विभागले विजयादशमी (टिका)को दिन बाहेक अन्य दिनमा कार्यक्रमको काम जारी राख्ने भएको हो । विजयादशमीको अवधिमा असोज १६ गतेदेखि २१ गते (तदनुसार सन् २०२२ अक्टोबर २ देखि सन् २०२२ अक्टोबर ७) मध्ये विजया दशमीको दिन आश्विन १९ गते (अक्टोबर ५) का दिन वाहेक बडा दशैँका अन्य विदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सेवा प्रवाह गर्ने विभागले जनाएको छ ।
त्यस्तै, विभागले दिपावली (भाईटिका)को दिन बाहेक अन्य दिन काम सुचारु गर्ने भएको छ । दीपावलीको अवधि कात्तिक ७ देखि कात्तिक ११ गते (तदनुसार सन् २०२२ अक्टोबर २४ देखि सन् २०२२ अक्टोबर २८) मध्ये भाइटीकाको दिन कात्तिक १० गते (अक्टोबर २७) बाहेक दीपावलीका अन्य बिदाका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सेवा प्रवाह हुनेछ ।
गत अगष्ट महिनामा एक लाख २१ हजार ६५७ जना नेपाल भित्रिएका छन् । नेपालमा भित्रनेमा पूरुष ८६ हजार ७०२ जना छन् भने महिला ३४ हजार ९४४ जना रहेका छन् । साथै, तेस्रो लिङ्गी ११ जना रहेका छन् ।
त्यस्तै, अगष्ट महिनामा नेपालमा अन्य मुलुकमा जानेको संख्या एक लाख ७३ हजार ७३५ रहेको छ । नेपालबाट अन्य मुलुक प्रस्थान गर्नेमा एक लाख २५ हजार ७५९ जना पुरुष रहेका छन् भने ४७ हजार ९६१ जना महिला रहेका छन् । साथै, तेस्रो लिङ्गीको संख्या भने १५ रहेको छ ।
त्यसैगरी, अगष्ट महिनामा दुई लाख ९५ हजार ३९२ जना यात्रुले आवतजावत गरेको अध्यागन विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अध्यागमन, #दशैँ र तिहारको बिदामा पनि अध्यागमन सेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्