चुमनुब्री ६ लोक्पाको डेढ महिनादेखि अबरुद्ध बाटो स्थानीयले खुलाउदै
गोरखा । चुमनुब्री ६ लोक्पामा डेढ महिनादेखि अबरुद्ध बाटो स्थानीयबासीले खुलाउन थालेका छन् । मनसुन पातलिँदै जान थालेपछि डुयुखोला र सर्दीखोला बीचको आठसय मिटर फराकिलो पहिरो गाउँले मिलेर पन्छाउन सुरु गरेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए ।
‘मंगलबारदेखि स्थानीयबासी मिलेर पहिरो फाल्दै बाटो खुलाउन सुरु गरिएको छ’, लामाले भने, ‘बाटो अवरुद्ध हुँदा डेढ महिनादेखि खाद्यान्न ढुवानी गर्न पनि पाइएको छैन ।
स्थानीयबासी पनि आवतजावत गर्न पाएका छैनन् । चुमभ्याली जाने पर्यटककहरु पनि हिँड्न पाएका छैनन् । त्यसैले गाउँलेहरु मिलेर बाटो खुलाउन सुरु गरिएको हो ।’ पहिरो पन्छ्याएर बाटो खुलाएबापत लाग्ने खर्च गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट व्यवस्थापन हुने उनले बताए ।

यहाँ पहिलो पटक गतबर्षको असारमा पहिरो गएको थियो । सोही ठाउँमा गत असारमा पनि पहिरो थपिएको हो ।
पहिरो पन्छाउन अझै दुई दिन लाग्ने स्थानीय सेराप गुरुङले बताए । ‘मंगलबारबाट पहिरो पन्छाउन सुरु गरिएको हो’, उनले भने, ‘अलिअलि पन्छ्याएर मान्छे र खच्चड हिँड्न मिल्ने बनाइएको छ । एकदिनमा ५० मिटर जति पन्छ्याउन सकिन्छ । आठसय मिटर पहिरो पन्छाउन अझै दुईतीनदिन लाग्न सक्छ ।’
दैनिक उपभोग्य बस्तु, सरकारी तथा गैरसरकारी संस्थाका योजनाका सामान ढुवानी गर्न पनि बाटो खुलाउन अपरिहार्य भएको उनले बताए ।
पहिरो पन्छ्याउने काम ज्यादै जोखिमपूर्ण रहेको सेरापको भनाइ छ । ‘डाँडामा एकजना हेरालु राखेका छौँ । काम गर्दैगर्दा पहिरो झर्यो भने हेरालुले सिठ्ठी बजाउँछ अनि हामी भाग्छौँ’, उनले भने, ‘भागेको भागै गर्नुपर्छ । ज्यान खुकुरीको धारमा राखेर काम गरिरहेका छौँ ।’
दरौँदी दैनिक
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्