एमालेले टुङ्ग्यायो समानुपातिक उम्मेदवारको नामावली ? यस्तो छ प्रदेशगत विवरण (सूची)
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बन्दसूचीमा समावेश हुने समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली तयार पारेको छ ।
शनिबार र आइतबार बसेको पार्टी सचिवालयको १२औं बैठकले प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।
पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा बसेको बैठकले सात वटै प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी, २२ वटा जनवर्गीय सङ्गठनहरूले सिफारिस गरेका नामावलीमाथि छलफल गरी उक्त नामावली टुङ्गो लगाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतिनिधिसभाका लागि आदिवासी जनजातीबाट १६ जना महिलासहित ३२ जना, खसआर्यबाट १७÷१७ जना गरी ३४ जना, थारुबाट ४ जना महिलासहित ७ जना, दलितबाट ८ जना महिलासहित १५ जना, मधेशीबाट ९ जना महिलासहित १७ जना र मुस्लिम क्लष्टरबाट ३ जना महिलासहित ५ जनाको बन्दसूची तयार पारिएको छ ।
त्यस्तै पिछडिएको क्षेत्रबाट समेत ५ जनाको नाम बन्दसूचीका लागि तयार पारिएको विष्टले जानकारी दिए । प्रतिनिधिसभातर्फ कुल ११० जनामध्ये ५७ जना महिला र ५३ जना पुरुष उम्मेदवार छन् ।
त्यस्तै प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना, कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको एमालेले जनाएको छ ।
तयार पारिएको नामावली भोलि निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ । आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन आज र भोलि समय निर्धारण गरेको छ ।
हेर्नुहोस् सूची

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले टुङ्ग्यायो समानुपातिक उम्मेदवारको नामावली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्