सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश
काठमडौं । निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
नेकपा एमालेको सचिवालय बैठक बसिरहेकै समयमा उनलाई बालकोटमा पार्टी प्रवेश गराइएको बताएको छ । उनलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
अग्रहरि जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् चर्चित महिला नेत्री हुन् ।
अग्रहरिले एमाले प्रवेश गरेको जानकारी दिँदै सचिव भट्टराईले लेखेका छन्, ‘पार्टी सचिवालयको बैठक चलिरहेको बेला नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशील हुँदै हाल प्रतिनिधिसभा सदस्य तथा जसपाकी नेतृ अमृता आग्रहरी आजदेखि औपचारिक रुपले नेकपा एमालेमा समाहित हुनुभएको छ । पार्टी अध्यक्ष कमरेड केपी ओलीले आज उहाँलाई पार्टीमा स्वागत गर्नु भएको छ । माननीय अमृताजीलाई नेकपा एमालेको बिशाल परिवारमा हार्दिक स्वागत छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्