पदमा रहे पनि नरहे पनि दोलखाली जनताको साथमा सधैं रहने छु : पार्वत गुरुङ
काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले आगामी दिनमा पदमा रहे पनि वा नरहे पनि सम्पूर्ण दोलखाली जनताको साथमा सधैं रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दोलखाली जनताको बलमा आफू सांसद तथा मन्त्री बन्न सफल भएको स्मरण गर्दै सांसद गुरुङले सम्पूर्ण दोलखाली जनता र आफूसम्बद्ध पार्टी नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुनु केही घण्टाअघि उनले सामाजिक सञ्जालमार्फत दोलखाली जनताको उच्च सम्मान गर्दै धन्यवाद प्रकट गरेका हुन् ।
‘प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठक दोलखाली जनता, हाम्रो पार्टी नेकपा एमाले र नेपालको संविधानले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्दै आज असोज १ गते रातको १२ बजेदेखि समाप्त हुँदैछ,’ उनले लेखेका छन्, ‘यसबीचका आरोह अवरोह, कठिन घुम्ती र मोडहरुलाई पार गर्दै पाँच वर्षको यो यात्रामा म सांसद, मन्त्री हुँदा र हाम्रो पार्टी सरकारमा रहँदाको उपलब्धी दोलखाली जनताको बलमा प्राप्त भएको हो ।’
आफूलाई राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुर्याउन मार्गदर्शन गर्ने सम्पूर्ण दोलखाली जनता, नेकपा एमाले र आफूसम्बद्ध पार्टी नेतृत्वप्रति उनले धन्यवाद ज्ञापन गर्दै लेखेका छन्, ‘यो सबै काममा मार्गदर्शन गर्नुहुने सम्पूर्ण दोलखाली जनता, नेकपा एमाले र पार्टी नेतृत्वप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई विश्वासका साथ यो जिम्मेवारी दिनुहुने दोलखाली जनतालाई सम्मान गर्दै आउने दिनमा पदमा रहे पनि नरहे पनि सम्पुर्ण दोलखाली जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #पार्वत गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्