Techie IT
मंगलबार, वैशाख २३,२०८२

सेप्टेम्बर ११ जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन


अन्तराष्ट्रिय । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलमा ठोक्काएका थिए ।

उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका गरी २ हजार ९ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।
टावरको माथिल्लो तल्लामा हज्जारौं फसेका थिए । विमानको हमला लगत्तै धेरैको मृत्यु भयो भने त्यसपछि लागेको आगोमा परी थुप्रैले ज्यान गुमाए । कतिको त्यहाँबाट हाम फालेका कारण पनि मृत्यु भयो । उक्त टावरमा २ हजार ६ सय ६ को मृत्यु भएको थियो ।

अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा भएको छ । अमेरिकाको न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा आतङ्ककारी हमलाको २१ औ स्मृति दिवस मनाइदैछ । अमेरिकी इतिहासको कालो दिन भनेर सेप्टेम्बर ११ लाई भनिन्छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सेप्टेम्बर ११ जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545