Techie IT
मंगलबार, वैशाख २३,२०८२

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा जो बाइडेन सहभागी हुने


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।

महारानी एलिजावेथको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदैछ । उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।

बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा जो बाइडेन सहभागी हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545