संस्कार स्कुलद्धारा एयरपोर्टमा सुजनलाई भब्य स्वागत
काठमाडौँ। चर्चित भारतीय रियालिटी शो डान्स प्लसमा दोस्रो भएका नेपाली युवा सुजन मार्फा तामाङ लाई अन्तराष्ट्रिय बिमान स्थल काठमाडौमा भब्य स्वागत गरिएको छ ।
समाखुशीमा अवस्थित संस्कार स्कुलका कुशल नृत्य प्रशिक्षक समेत रहेका सुजनलाई संस्कार स्कुलका प्रिन्सीपल प्रकाश पन्त सोही स्कुलका निर्देशक बिमला गुरुङ्ग , Alite Dance Crew का पदाधिकारीहरु लगायत ठुलो संख्यामा उनका फ्यानहरुको बाक्लो उपस्थीती रहेको थियो ।
डान्स प्लस जस्तो चर्चीत रियालिटी शोमा दोसा्रे स्थान हासिल गर्ने सफल भएका सुजनले भारतमा मात्र नभई समग्र नेपाल र नेपालीहरुको शिर उच्च राखेको संस्कार स्कुलकी निर्देशक बिमला गुरुङ्गले बताइन ।

राती ९ बजे भब्य स्वागतका लागी सरप्राइज दिन आएका शुभचिन्तकहरु माझ सुजनले आफुमा थप जिम्वेवारी थपिनुका साथै
आउदा दिनहरुमा नृत्य मार्फत नै नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन प्रतिबद्ध रहेको बताए । साथै
डान्स प्लस जस्तो गौरवमय अवसरबाट आउदा दिनहरुमा भारतीय चलचिलचित्रमा समेत कोरीयोग्राफी गर्ने इच्छा रहेको बताए ।
यो भन्दा पहिले उनी ‘डान्स इन्डिया डान्स’मा सहभागी भएका थिए। उक्त रियालिटी शोमा उनी टप ६ सम्म पुग्न सफल भएका थिए। तर उनी कम भोटको कारण आउट हुन पुगे।
क्याटेगोरी : समाचार
ट्याग : ##, #संस्कार स्कुल, #सुजन मार्फा तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्