सामाजिक सञ्जाल प्रयोग कर्ता महिलालाई ४५ वर्षको जेल सजाय

साउदी। साउदी अरेबियाले सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पु¥याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।
साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जाल मार्फत सामाजिक पूर्वाधारमा खलल पु¥याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन ।
यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्।
उनी यसैवर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो ।
उनीहरुलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला पनि पक्राउ परेका छन् । अब उनीहरुलाई पनि कडा सजाय हुने आशंका गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सामाजिक सञ्जाल प्रयोग कर्ता महिलालाई ४५ वर्षको जेल सजाय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्