आज विश्व आणविक हतियार परीक्षणविरुद्धको दिवस

आज विश्व आणविक हतियार परीक्षणविरुद्धको दिवस । प्रत्येक वर्ष २९ अगष्टमा संसारभर यो दिवस मनाउने गरिन्छ । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभाले २९ अगष्टलाई आणविक हतियार परीक्षणविरुद्धको दिवसका रूपमा मनाउने निर्णय लिएको हो ।
आणविक हतियार परीक्षण विस्फोट वा अन्य कुनै पनि आणविक विस्फोटका प्रभावहरू र आणविक हतियार–मुक्त संसारको लक्ष्य प्राप्त गर्ने एउटा माध्यमको रूपमा तिनीहरूको उन्मूलनको आवश्यकताको बारेमा चेतना जगाउने उद्देश्यले यस दिनलाई मनाईन्छ । सन् २०१० मा पहिलो पटक आणविक परीक्षण विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
आणविक हतियारहरु सामूहिक बिध्वशं गर्ने हतियार हुन् । मानव सभ्यताको विकास सँगै ढुंगे युग बाट आजको दिन सम्म आईपुग्दा तरवार, धनुषवाण, बन्दुक, हवाईजहाज हुँदै आणविक हतियारका साथ युद्ध लडेको देखिन्छ ।
दोश्रो विश्वयूद्धमा जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण भएको थियो । त्यसको असरले हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन सकेको छैन ।
आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझैपनि छँदैछन् । मानिसको वरपरको वातावरणमा ह्रास, आवाससम्बन्धी सेवामा अवरोध र बृहत् पर्यावरणीय असन्तुलनको संयोगबाट नयाँ खालका रोगको प्रादुर्भाव हुने, विद्यमान औषधि पद्धतिको प्रभावकारितामा असर गर्छ। सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाखको मृत्यु भएको थियो ।
आधुनिक विज्ञानका अनुसार कुनै पनि पदार्थको सबैभन्दा सानो इकाई परमाणु हो र परमाणु बन्नका लागि प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको मिश्रण हुनु आवश्यक हुन्छ । पहिले–पहिले युरेनियमलाई नै रेडियो एक्टिभका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अहिले थोरियम र प्लुटोनियमलाई समेत यसमा प्रयोग गर्ने गरिन्छ ।
एक किलोग्राम युरेनियमको विस्फोटबाट निस्किने ऊर्जा २० हजार किलोग्राम टीएनटीको विस्फोट बराबर हुन्छ । जबकि सन् १९४५ मा हिरोसिमामा खसालिएको बमको शक्ति ११ किलोटन टीएनटीको बराबर थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #आणविक हतियार, #विश्व आणविक हतियार परीक्षणविरुद्धको दिवस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्