Techie IT
मंगलबार, वैशाख २३,२०८२

चीनले दबाब दिइरह्यो तर अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गए


अन्तराष्ट्रिय । अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवानको नजिकैबाट गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरेपछि चीनले कडा आपत्ति जनाउँदै आईरहेको छ । यद्यपि ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा भने होइन । यस्ता अभ्यासहरु विगतमा धेरै देशहरूले यस क्षेत्रमा गर्ने गरेको पाइन्छ ।
यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै, यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545