भारी वर्षा र बाढीबाट भारतमा पचास जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।
हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन् ।त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । यहाँ कतिपय विदेशी पर्यटकहरु थुनिएका र चेपिएका छन् । उनीहरुको उद्धार जारी रहेको बताइएको छ ।
यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ ।बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारी वर्षा र बाढीबाट भारतमा पचास जनाको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्