Techie IT
मंगलबार, वैशाख २३,२०८२

चीनको ‘जासूस’ जहाजलाई श्रीलंका आउन स्वीकृति


काठमाडौं । श्रीलंकाले चिनियाँ जहाज ‘युवान वाङ ५’ लाई हम्बनटोटा बन्दरगाहमा आउन अनुमति दिएको छ ।
श्रीलंकाको विदेश मन्त्रालयले चिनियाँ जहाज युआन वाङ ५ लाई अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा पोर्टिङका लागि स्वीकृत गरेको पुष्टि गरेको छ ।
अगस्ट ९ मा अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले चिनियाँ अनुसन्धान जहाज हम्बनटोटाको लागि प्रस्थान गरेको र बाटोमा रहेको बताएका थिए ।

चीनले युआन वाङ ५ लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान—सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासूस जहाज पनि भनिन्छ ।
हिन्द महासागरमा चीनको बढ्दो गतिविधिप्रति भारतले चासो देखाएको छ । यससँगै श्रीलंकामा चीनको प्रभाव जसरी बढ्दै गएको छ, र भारतका लागि चिन्ताको विषय बनेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनको ‘जासूस’ जहाजलाई श्रीलंका आउन स्वीकृति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545