विश्वविख्यात लेखक सलमान रुस्दीमाथि छुरा प्रहार

न्यूयोर्क। विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकास्थित न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा स्टेजमा हमला गरिएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
लेखक रुस्दीलाई शुक्रबार बिहान पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण भएको हाे । उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएकाे थियाे ।
एपीका सम्वादाताकाअनुसार एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेका थिए । त्यसपछि लेखकलाई लडाइएको वा भुइँमा ढलेका थिए । तस्बिरहरूमा रुस्दी उत्तानाे परेर लडेकाे देखिन्छ भने पहिलो प्रतिक्रियाकर्ता उनीमाथि झुकेको देखिन्छ ।
रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् ।
एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए। यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।
यता इरानको सरकारले लामो समयदेखि खोमेनीको आदेशबाट आफूलाई टाढा राख्दै आएको छ । तर, रुस्दी विरोधी भावना भने कायमै रहेको बेलायती अखबार द गार्जियनले टिप्पणी गरेकाे छ ।
स्रोत : द गार्जियन
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #विश्वविख्यात लेखक सलमान रुस्दीमाथि छुरा प्रहार, #सलमान रुस्दी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्