Techie IT
सोमबार, वैशाख २२,२०८२

कोरोनाविरुद्वको लडाईमा विजयी भएको किम जोङको घोषणा


उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइमा विजयी भएको घोषणा गरेका छन् । उनले मे महिनामा लगाइएको प्रतिबन्ध हटाउन आदेश दिएका छन् ।

उत्तर कोरियाका सरकारी मिडियाका अनुसार उत्तर कोरियामा कोरोना भाइरसका कारण ७४ जनाको मृत्यु भएको छ । किम जोङ उनले अन्य देशको तुलनामा यति थोरै संख्यामा मृत्युलाई अभूतपूर्व चमत्कारको रुपमा लिएका छन् ।
उत्तर कोरियाको अवस्थालाई नजिकबाट नियालिरहेका विज्ञहरूले देशको आधिकारिक तथ्यांकबाट सत्य बाहिर आउन नसक्ने बताएका छन् ।
उत्तर कोरियाले कुनै खोप कार्यक्रम सुरु गरेको छैन, बरु कोरोनासँग लड्न लकडाउन र घरेलु उपचारको सहारा लिएको छ ।
बीबीसीका अनुसार किम जोङमा पनि कोरोना भाइरसको लक्षण देखिएको थिए । किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो भाइमा कोरोना भाइरसको लक्षण देखिएको बताएकी छन् । उनलाई ज्वरोले ग्रस्त पारेको जानकारी दिईन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #किम जोङ उन, #कोरोनाविरुद्वको लडाईमा विजयी भएको किम जोङको घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545