Techie IT
मंगलबार, वैशाख २३,२०८२

ताइवान भ्रमणमा कुनै पछुतो छैन: न्यान्सी पेलोसी


अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथि दबाब बढाउन र यसलाई सामान्यका रूपमा लिन अमेरिकाले अनुमति नदिने बताएकी छन् ।
न्यान्सी पेलोसीले केही दिन अघि ताइवानको भ्रमण गरेकी थिईन्, जसको विरोधमा चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको थियो ।
चिनले ताइवानमाथि गरेको सैन्य अभ्यास सकिएपछि सभामुख पेलोसीले यस्तो बयान दिएकी हुन् ।
पेलोसीले प्रजातन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भनेर देखाउन आफू भ्रमणमा गएको बताईन् ।

न्यान्सी पेलोसीको ताइवानको प्रतिनिधिमण्डलमा सहभागी ग्रेगरी मीक्स भन्छिन्, ‘यो यात्राको बारेमा कुनै पछुतो छैन र अमेरिकालाई आफ्ना साथीहरूसँग उभिएको देखाउन आवश्यक छ ।’
तर, चीनले स्वशासित ताइवानलाई छुट्टै प्रान्तको रूपमा हेर्छ । चीनले आवश्यक परेमा ताइवानमाथि बल प्रयोग गर्ने पनि बताएको छ ।
न्यान्सी पेलोसी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसपछि अमेरिकी राष्ट्रपतिको दौडमा दोस्रो मानिन्छिन् ।
न्यान्सी पेलोसी सन् १९९७ मा उनको पूर्ववर्ती न्युट गिङरिचको ताइवान भ्रमणपछि यस द्वीपको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुन् । (एजेन्सीको सहयोगमा)


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी सभामुख न्यान्सी पेलोसी, #न्यान्सी पेलोसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545