Techie IT
बुधबार, वैशाख २४,२०८२

अमेरिकाको इन्डियाना राज्यमो विष्फोट, ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त


अमेरिकाको इन्डियाना राज्यमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरु आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरुलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ ।
बिष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ । के कारणले बिष्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । स्थानीय समय अनुसार दिउँसो १ बजेभन्दा पहिले बिष्फोट भएको जनाइएको छ ।

प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ । घटनामा तीनजना घाइते भएको बताइएपनि थप विवरण आएको छैन ।
विष्फोटका कारण उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो । दिउसो ३ बजेसम्म १६२ घरमा विद्युत आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकाको इन्डियाना राज्यमो विष्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545