जी–७ देशलाई चीनको जवाफ : जी ७ समूहले विश्वको प्रतिनिधित्व गर्दैन

ताइवानको मामिलामा जी–७ देशहरूको वक्तव्य आएपछि, चिनले कडा जवाफ फर्काएको छ । उनीहरुलाई जवाफ दिँदै चीनले जी–७ देशहरुले विश्व समुदायको प्रतिनिधित्व नगर्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘जी–७ ले विश्व समुदायको प्रतिनिधित्व गर्दैन भन्ने बिर्सनु हुँदैन। यसको विचार विश्वका देशहरूको एकदमै सानो अंशको विचार हो।
जी–७ लाई तानाशाह भन्दै उनले आक्रामक भएको आरोप लगाइन। जी–७ का विदेशमन्त्रीहरूले एक संयुक्त वक्तव्यमा भनेका छन्,‘चीनको प्रतिक्रियाले तनाव बढाउने र विश्वलाई अस्थिरतामा लैजाने खतरा बढेको छ ।
चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।
चीनको कारबाहीपछि अमेरिकी सेनाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवानको दक्षिणपूर्वी समुद्रमा पठाएको छ ।
हालै, चीनको चेतावनीको बाबजुद, न्यान्सी पेलोसी ताइवानको यात्रा गरिन्। चीनले ताइवानलाई आफ्नो ‘एक चीन नीति’ को हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ ।
पेलोसीको भ्रमणपछि चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #जी ७ समूहले विश्वको प्रतिनिधित्व गर्दैन, #जी–७ देश, #जी–७ देशलाई चीनको जवाफ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्