Techie IT
मंगलबार, वैशाख २३,२०८२

चीनले प्रहार गरेका पाँचवटा मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा, जापानको आपत्ति


सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको भन्दै जापानले आपत्ति जनाएको छ। जापानले कूटनीतिक च्यानलमार्फत कडा रूपमा प्रतिवाद गरेको हो ।
चीनले अहिलेसम्म ताइवानको भूमि वरपर ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।

ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्। ताइवानको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने चीनले तय गरेको छ ।
ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको ताइवानको भनाई छ । चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ।

चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना रहेको छ। जसका कारण दुई देशबीच हवाई टक्कर हुनसक्छ ।
चीनको चेतावनीबा बाबजुत अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि तनाव उत्पन्न भएको हो । सोही भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यसैबीच अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #मिसाइल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545