जी–७ राष्ट्रका विदेशमन्त्रीहरुको संयुक्त वक्तव्य

काठमाण्डौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।
चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ । ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।
चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् । यस मामिलालाई बढ्न नदिनका लागि जी–७ समूह राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै चीनको कारबाहीले अस्थिरताको जोखिम बढाएको बताएका छन् । ‘ताइवान स्ट्रेटमा भ्रमणको बहानामा आक्रामक सैन्य गतिविधि सञ्चालन गर्नुको कुनै औचित्य छैन । सांसदहरू नियमित रूपमा अन्तर्राष्ट्रिय यात्रा गर्छन् र यो सामान्य हो,’ विज्ञप्तिमा भनिएको छ । जी ७– समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पर्छन्।
पेलोसी २५ वर्षमा पहिलो पटक ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन्। चीनले उनलाई यो यात्रा नगर्न चेतावनी दिएको थियो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र यसको स्वतन्त्रताको विरोध गर्दछ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको’ आरोप लगाएका छन् । ‘आगोसँग खेल्नेको अन्त्य राम्रो हुँदैन र चीनलाई उक्साउनेलाई कारबाही हुन्छ,’उनले भने।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जी–७ राष्ट्रका विदेशमन्त्रीहरुको संयुक्त वक्तव्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्