नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ ।
सोमबार अस्पतालको ‘नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर’मा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरियो ।
सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रुपमा अत्याधुनिक लेजर मसिनको अनावरण गरेका थिए ।
सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो ।
यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।
यस्तै, यसको ह्याण्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ। मल्लकाअनुसार मसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ ।
अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो ।
डर्मा क्लियर मसिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मसिन हो । सहरी वातावरणमा प्रदूषण, विषाक्त पदार्थ र रसायनहरूले छालालाई हानी पुरयाउनसक्छ भने सेल्फी युगमा मेकअप उत्पादनहरूको व्यापक प्रयोगले पनि छालालाई चिसो र बुढो बनाउँछ। डर्मा क्लियरबाट हुने हाइड्रोडर्माब्रेसन(विशेष ट्रिटमेन्ट विधि) यी सबै समस्याको उपचार तथा समाधानको उपाय रहेको कम्पनीको दाबी छ ।
लेजर मसिनको अनावरणपछि कुरा गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए । ‘अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ ।’ उनले भने–‘नर्भिकले सञ्चालनमा ल्याएको स्कीन केयर सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरुबाट छालाको उपचार गरिन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नर्भिक इन्टरनेशनल हस्पिटल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्