Techie IT
सोमबार, वैशाख २२,२०८२

न्यान्सीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव


काठमाण्डौं ।  ताइवानको मुद्दालाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आज ताइवान पुग्ने चर्चा छ । ह्वाइट हाउसले न्यान्सी पेलोसीको सम्भावित भ्रमणको जवाफमा चीनले सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले चीनले ताइवान नजिकै मिसाइल प्रहार गर्न सक्ने र आफ्नो पक्षबाट व्यापक नौसैनिक वा हवाई गतिविधि हुन सक्ने बताएका छन्। पेलोसी आइतवारदेखि एसिया भ्रमणमा छिन् र उनले ताइपेई पनि जाने दाबी ताइवानी मिडियामा भइरहेको छ । यद्यपि अमेरिकी सरकारले यो दाबी पुष्टि गरेको छैन ।

चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । सोमबार, संयुक्त राष्ट्रका लागि चीनका राजदूत झाङ जुनले न्यान्सी पेलोसीको ताइवान भ्रमणले अमेरिका–चीन सम्बन्ध बिग्रन सक्ने चेतावनी छन् ।

एसिया भ्रमणका क्रममा पेलोसीले सिंगापुर, मलेसिया, दक्षिण कोरिया हुँदै जापान जाने कार्यक्रम रहेको छ । न्यान्सी पेलोसीले सधैं चीनको मानवअधिकार रेकर्डमा खुलेर आलोचना गरिरहेकी छिन् । उनले भनेकी छन्, ’ताइवानलाई समर्थन देखाउनु अमेरिकाको लागि महत्त्वपूर्ण छ ।’ पेलोसी यसअघि अप्रिलमा नै ताइवान जाने कार्यक्रम तय भएको थियो तर त्यतिबेला कोरोना संक्रमित भएपछि उनको भ्रमण रद्द गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीन र अमेरिकाबीच तनाव, #न्यान्सीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545