Techie IT
बुधबार, वैशाख २४,२०८२

आज  देशभर ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौँ । देशभर आज ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ६ सय ८५ नमूनाको पिसिआर परीक्षण गर्दा  ६ सय ३२ र २ हजार २ सय २४ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ६४ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ ।

यस्तै आज ३३ हजार १ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545