भारतको पश्चिम बंगालमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो ।
घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउने र घाइते हुने सबै कन्बारिया सेतालकुचीका बासिन्दा हुन् । उनीहरू २७ जनाको समूहमा थिए ।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्