गण्डकी प्रदेशसभा बाट पर्यटन सम्बन्धी विधेयक पारित
कास्की । गण्डकी प्रदेशसभामा प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नु भएको थियो ।
यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेश आफैँमा पर्यटकीयस्थल भएको बताउनुभयो । प्रकृति, संस्कृति एवम् साहसिक पर्यटनका दृष्टिले यो प्रदेश महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रदेशको समृद्धिका लागि पर्यटन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विधेयक महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नु भयो । बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटक कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
अर्का सदस्य मनकुमारी गुरुङले विधेयक महत्त्वपूर्ण भएको बताउँदै गण्डकी र पर्यटन एक अर्काका परिपूरक भएको बताउनु भयो । प्रकृतिप्रदत्त धेरै सम्पदा गण्डकी प्रदेशमा रहेको बताउँदै उहाँले विधेयक अझै चाँडो आउनुपर्ने बताउनु भयो ।
प्रदेशसभा सदस्य गायत्री गुरुङले सरकारले मेहेनेतका साथ विधेयक ल्याएको बताउनुभयो । समृद्ध प्रदेश बनाउने आधार पर्यटन हो भनिए पनि सुरुमै आउनुपर्ने विधेयक ढिला भएको तर्क गर्नु भयो ।
विधेयक माथिका प्रश्नको जवाफ दिँदै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले विधेयक सरोकारवालासँग पटक पटक छलफल गरी ल्याइएको बताए । प्रदेशका जनतालाई सुखी र समृद्ध बनाउनका लागि पर्यटनलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गण्डकी प्रदेशसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्