समुन्द्रबाट हराएकी पत्नीको खोजीमा १ करोड झ्वाम, पत्नी प्रेमीसँग रोमान्स गर्दै

एजेन्सी, १३ साउन । आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिर आएको छ । एक जोडी सोमबार विशाखापट्टनमको आरके समुन्द्रमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए। यसै क्रममा श्रीमती बेपत्ता भइन् । श्रीमानले उनी समुन्द्रमा डुबेको महसुस गरे । पतिले पत्निको खोजी समुन्द्रमा गरिरहे । पछि थाहा भयो कि उनी आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीलाई भेट्न गएकी रहछिन् ।
भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार समुन्द्रबाट पत्नी बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब १ करोड रुपैयाँ खर्च गरेको छ ।
२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले २ वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन्। सोमबार श्रीमान–श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए।
सोमबार राति, दम्पती समुद्र तटमा पैदल यात्रा गर्दै थिए। यही क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर अर्को छेउमा गए, किनकी श्रीमतीले फोनमा सेल्फी खिचिरहेको थिइन् । केही मिनेटमा फर्किएपछि श्रीमती भेटिइनन् । श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।
ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेलमा चढेर नेल्लोरको कावली पुगिन्। भाग्नु अघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू मेटाएकी थिइन् र आफ्नो फोन पनि लगिनन् । नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफु प्रेमी रविसँग सुरक्षित छु भनेर आफ्ना आमाबाबुलाई सन्देश पठाइन् ।
उनले आफ्ना आमाबुवालाई आफुले रविसँग विवाह गरिसकेको र खोज्ने प्रयास नगर्नु व्हाट्सएपमा भ्वाइस सन्देश पठाएकी थिइन् ।
उनले आफ्ना बाबुआमालाई आफु बसेकोे स्थान ट्रेस गर्न खोजे भने आफुले आत्महत्या गर्ने समेत चेतावनी दिएकी थिइन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्