Techie IT
आईतबार, वैशाख २१,२०८२

पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण


पोखरा । पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को मिलनबिन्दु सिमलटुँडामा बनेको झोलुङ्गे पुलको मङ्गलवार उद्घाटन गरियो । पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोइरालाले उद्घाटन गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपैयाँमा बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाइ एक मिटर छ । पुलको निर्माण एम/एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो ।

पुल निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा एवम् सांसद दीपक कोइरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताउनुभयो ।

उहाँले प्रदेश सरकार भएकै कारणले पुल बनेको दाबी गर्दै उनले अगाडि भने, ‘यस्ता क्षेत्र सङ्घ सरकारको प्राथमिकतामा पर्दैन, स्थानीयले सक्दैन । यो प्रदेश सरकार भएकैले सम्भव भएको हो, यसले सङ्घीयतालाई पनि पुष्टि गर्छ ।’ प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म गरिरहेको भन्दै उनले व्यक्तिले गलत गर्‍यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने बताए । ‘कसैले गलत ग¥यो भन्दैमा सङ्घीयता, प्रणाली नै गलत भन्नु हुँदैन ।’–उहाँले भन्नुभयो ।

पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारी पनि थप्ने विश्वास व्यक्त गर्नुभयो ।

होटल तथा रेस्टुरेन्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी दामोदरभक्त थापा, बेगनास धार्मिक पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी, स्थानीय समाजसेवी वासुदेव लामिछाने, अर्का समाजसेवी दीनानाथ ढकाललगायतले पुलले पर्यटनमा सघाउने र यही कारण स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #पोखरा, #पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण, #रुपातालमाथि झोलुङ्गे पुल निर्माण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545