Techie IT
सोमबार, वैशाख २२,२०८२

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण


जिउक्वान। चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।

यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545