राष्ट्रिय सभा बैठकमा नागरिकता संशोधन विधेयक पेश

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषयमा विभिन्न प्रावधान कसिलो हुनुपर्ने, विदेशी महिलाले नेपालीसँग बिहे गरेको ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता पाउने व्यवस्था हुनुपर्ने र आमाको नामबाट नागरिकता पाउन आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने प्रावधानले महिलाको अपमान गरेको हुँदा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसदहरु देवेन्द्र दाहाल, नारायणकाजी श्रेष्ठ, विमला राई पौडेल, पार्वती रावल, खिमलाल देवकोटा, प्रतिमा कुमारी, सुमित्रा विसि, भगवती न्यौपाने, इन्दिरा कुमारी गौतम, गोपाल भट्टराई, तुलप्रसाद विश्वकर्मा लगायतले विदेशी महिलाले नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था कायम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
यसअघि बैठकको सुरुमा नै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सभा समक्ष टेबुल गर्नुभएको थियो । सचिव फुयाँलले प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ र ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक २०७५ सभालाई फिर्ता पठाइएको जानकारी दिनुभयो ।
यसैगरी, बैठकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक २०७६ लाई दफावार छलफलका लागि प्रस्तुत गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा, #राष्ट्रिय सभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्