निवर्तमान अर्थमन्त्री शर्मासँग छानबिन समितिले आज छलफल गर्ने
काठमाडौं । जेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य बिमला बिकले जानकारी दिएकी छन् ।
मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरुको राय लिएको थियो ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको व्यवस्था गरे रिकभर हुनसक्ने सुझाव दिएपछि समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ। जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज मन्त्रालयले नदिएपछि रिकभरका लागि प्रक्रिया अघि बढाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्