Techie IT
बुधबार, वैशाख २४,२०८२

काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै


काठमाडौं। काठमाडौंमा आजदेखि साउन ६ गतेसम्म १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदैछ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

खोप बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा लगाइने कार्यक्रम रहेको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप, #बुस्टर खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545