टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक
काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ ।
आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र जनकपुरका गौरीशङ्कर धामनी रहनुभएको छ ।
पहिलो संस्करणको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । बाँकी दुई टिमको नाम र मालिक भने चाँडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यतासमेत दिएको छ भने क्यानले उक्त प्रतियोगितालाई नेपालको आधिकारिक फ्रेन्चाइज लिग मानेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #टि–ट्वान्टी लिग, #नेपाल क्रिकेट सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्