Techie IT
सोमबार, वैशाख २२,२०८२

युरोपको पश्चिमी क्षेत्रमा बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित


काठमाडौं । युरोपको पश्चिमी क्षेत्रमा बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ ।

तातो हावा उत्तर तिर लाग्दा आज (मङ्गलबार) थप गर्मी बढ्ने र तापक्रम थप बढ्न सक्ने बिबिसी उल्लेख गरेको छ ।

हिजो (सोमबार) स्पेनमा तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बेलायत र फ्रान्समा पनि बढ्दो गर्मी कारण नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन भनिएको छ ।

बढ्दो गर्मी र तातो हावाका कारण ग्रिस, फ्रान्स, पोर्चुगल, स्पेनका धेरै ठाउँमा डढेलो लागेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #युरोपमा बढ्दो गर्मी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545