डोलेश्वर शिवालयमा दर्शनार्थीको भीड

भक्तपुर । यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एक महिने साउने मेला सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्व उपाध्यक्ष तथा पूर्व वडाध्यक्ष किरण थापाले बताउनुभयो ।
आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै उहाँले भक्तपुरको जगातिबाट डोलेश्वर महदेव मन्दिर जाने दुई सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको, मन्दिरमा लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
बिहानैदेखि दर्शनार्थीको भीड लागेको जनाउँदै उहाँले एक महिने मेलामा दिनभरि नै मेला भर्न सकिने भए पनि सोमबार र शनिबार भने निकै भीड लाग्ने बताउनुभयो ।
मेलाको सुरुआतमै आइतबार स्थानीयले कलश यात्रा गरी चतुरर्भजाचार्य चुरामणि महाराजबाट मेलाको उद्घाटन गरिएको थियो भने सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको जनाउँदै डोलेश्वर मन्दिरको भौतिक संरचना र विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रलाई शिव सर्किटको निर्माण गरी धार्मिक पर्यटनको विकास गर्ने बताउनुभयो ।
त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रुपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । डोलेश्वर हँुदै आशापुरी जान र नंखेल काँक्राबारी हँुदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।
त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दीकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ ।
भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नाका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक देखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका छन् ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोलेश्वर, #साउनको पहिलो सोमबार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्