महिलाहरूको नेतृत्व विकासमा सहकार्य गर्न अष्ट्रेलिया तयार छ: राजदूत भोल्क

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले महिलाहरूको नेतृत्व विकासको लागि सहकार्य गर्न अष्टे«लियन सरकार तयार रहेको बताउनुभएको छ । मङ्गलवार वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोल्कले महिलाहरूलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने समेत बताउनुभयो ।
उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरूसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरूले सफलता पाएकोमा खुशी व्यक्त गर्नुभयो । नागरिकको समृद्धिको लागि विचार तथा कार्यगत योजनाहरूको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै राजदूत भोल्कले अष्ट्रेलियाका विभिन्न स्थानीय तहहरूमा पनि वालिङ नगरपालिकाले लागू गरेका विकासका मोडेलहरू अवलम्बन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएको छोटो समयमा नै नेपालका लागि अष्टे«लियन राजदूतसँग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस्ता भेटघाटले शिष्टाचार सम्बन्ध र दिगो मित्रतामा थप टेवा पुग्ने विश्वास गर्नुभयो ।
वालिङ नगरपालिका र दी एसिया फाउण्डेशनबीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको उल्लेख गर्दै नगरप्रमुख खाँणले आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो ।
नगरप्रमुख खाँणले अष्ट्रेलियाको सङ्घीयता कार्यान्वयनको सिकाइलाई आदानप्रदान गर्नका लागि त्यहाँका सफल स्थानीय सरकारहरूसँग भगिनी सम्बन्ध स्थापित गरेर अष्ट्रेलिया र वालिङ नगरपालिकाको प्रगाढ सम्बन्धको निरन्तरता चाहना व्यक्त गर्नुभयो । साक्षात्कार कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वालिङ नगरपालिकाले नागरिकको समृद्धिको लागि गरेका कामहरूको संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो ।
वालिङ नगरपालिकाले गरेका फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरूको व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले नागरिकको सेवा प्रवाहलाई सहज बनाउन मोबाइल एप्स तथा सूचना प्रविधिको प्रयोगलाई महत्त्व दिइएको बताउनुभयो । राजदूत भोल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेसन सेन्टर, फोहोरमैला व्यवस्थापन केन्द्र लगायतको समेत अवलोकन गर्नुभएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #नेपालका लागि अष्ट्रेलियन राजदूत, #फेलिसिटी भोल्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्