Techie IT
आईतबार, वैशाख २८,२०८२

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक प्रसाद राई


काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।

राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #टेक प्रसाद राई, #पाल प्रहरीको प्रवक्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:15 am6:44 pm +0545