अमेरिकी पप गायक केलीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय

अमेरिकी पप गायक आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। गत वर्षको सेप्टेम्बरमा ५५ वर्षीय केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो। त्यसयता उनको सजायको बहस चलिरहेको थियो।
सरकारको तर्फबाट ४५ साक्षीले बयान दिएका थिए। केली जुलाई २०१९ देखि जेलमा छन्। अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए। उनीहरूले केलीले महिला र बालबालिकालाई कुनै दया नगरेको पनि बताएका थिए।केलीका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका छन्। केलीले सन् १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको अदालतमा खुलेको थियो।
त्यो समयमा प्रमाणपत्रमा भने उनको उमेर १८ वर्ष देखाइएको थियो। पछि उनीहरूको विवाह रद्द गरिएको थियो। नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो। इलिनोइस र मिनेसोटा राज्यको अदालतको आरोप बाहेक उनी अहिले पनि शिकागोमा चाइल्ड पोर्नोग्राफी लगायत विभिन्न आरोपको सामना गरिरहेका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी पप गायक आर केली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्