दिलमायाको शव व्यवस्थापनको खर्च दोहोरी प्रतिष्ठानले व्यहोर्ने

काठमाडौँ । आफ्नै डेरामा शनिवार मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव व्यवस्थापनमा लाग्ने सबै खर्च दोहोरी गीत प्रतिष्ठानले व्यहोर्ने भएको छ।
प्रतिष्ठानले नै सबै खर्च व्यहोर्ने भएकाले दिलमायाका नाममा कसैले पनि आर्थिक संकलन नगर्न प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आग्रह गरेका छन्।
दिलमायाको टिचिङ अस्पतालमा आइतबार पोस्टमार्टम हुँदैछ। उनको शव व्यवस्थापनमा कठिनाई भएको भन्दै उनका नजिकका केही व्यक्तिले आर्थिक संकलन अभियान सुरु गरेका छन्। विदेशमा बस्ने नेपालीले पनि आर्थिक सहयोग सुरु गरेको जनाएका छन्।
बीजी भन्छन्, ‘दिलमायालाई न्याय खोजौं, पैसा नबटुलौं। आवश्यक खर्च संस्थागतरुपमा व्यहोर्न प्रतिष्ठान तयार छ। कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस्।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिलमाया, #दोहोरी गीत प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्