Techie IT
शनिबार, जेठ ११,२०८२

भारी वर्षाका कारण पोखरामा सडक र घर भासियो


कास्की – लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।
घटनास्थलमा महानगरपालिकाको टोली निरीक्षणमा गएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पोखरामा सडक र घर भासियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:09 am6:52 pm +0545