माधव नेपालले मन्त्रीबाट फिर्ता बोलाउने भएपछि राम कुमारी झाँक्रीको महिलावादी पार्टी खोल्ने चेतावनी

काठमाडौ- माधव नेपालले जबरजस्ती मन्त्रीबाट फिर्ता बोलाउने भएपछि सहरी विकास मन्त्री रामकुमारी झाँकीले महिलाको अलग्गै पार्टी खोल्ने चेतावनी दिनुभएको छ ।
दिउसो पार्टीको सचिवालय बैठकमा नेपालसँग चर्काचर्की गरेकी झाँक्रीले अपरान्ह नयाँ पार्टी खोल्ने बहस खुला गर्नुभएको हो ।
झाँक्रीले फिलिपिन्सको द ग्याब्रिएला वुमेन्स पार्टीको उदाहरण दिंदै नेपालमा पनि त्यस्तै पार्टीको आवश्यकता रहेको औल्याउनुभएको छ । ट्विटरमा ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्।’ ? अंग्रेजी भाषामा झाँक्रीले लेख्नुभएको छ ।
पार्टी बैठकपछि झाँक्री तयारी बिनाको एउटा योजना शिलान्यास गर्न टेकु पुग्नु भएको थियो । उक्त कार्यक्रमबाट फर्केपछि झाँक्रीले अपरान्ह चारबजेतिर लेख्नुभएको हो । द ग्याब्रिएला वुमन्स पार्टी के हो भनेर व्याख्या गर्नुभएको छ । झाँक्रीले लेखे अनुसार ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ।
माधव नेपालले दुईहप्ता अघि नै आफूहरुलाई थाहै नदिइ मन्त्रीबाट फिर्ता गराउने निर्णय गरेकोमा झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाइबुझाइ गरेर मन्त्री पद थमाएका थिए । तर आज माधव नेपालले अब केही घण्टामै मन्त्री फेर्ने सुचना दिएपछि झाँक्री उग्र रुपमा प्रष्तुत भएको नेताहरुले बताएका छन् । माधव नेपालको शैलीसँग पूर्ण रुपमा असहमत भएकी झााक्रीले महिलावादी पार्टीको बखान गरेर आफ्नो झुकाव त्यतैतिर रहेको सन्देश दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपालले मन्त्रीबाट फिर्ता बोलाउने भएपछि राम कुमारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्