विपद्बाट बच्न र बचाउनका दाङमा कृत्रिम उद्धार अभ्यास

दाङ । विपद्बाट बच्न र बचाउनका लागि दाङमा कृत्रिम उद्धार अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुले दाङको राप्ती नदीमा कृत्रिम उद्धार गरिएको हो ।
राप्ती नदीमा मनसुन एवम् विपद्जन्य घटनामा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो ।
नेपालमा मनसुन भित्रन लागेको र त्यसले विपद् निम्ताउन सक्ने भन्दै पूर्व तयारी स्वरूप कृत्रिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले जानकारी दिनुभयो ।
अभ्यासका क्रममा नदीमा कृत्रिम उद्धार अभ्यासको लागी सशस्त्र प्रहरीलाई राप्ती नदीमा बगाइएको थियो । विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र उद्धार टोलीले डुङ्गामार्फत उक्त राप्ती नदीमा तैरिरहेका सशस्त्र प्रहरीको खोजीपछि जीवितै उद्धार गरेका थिए ।
उद्धार गरी बाहिर निकालिसकेपछि के कसरी व्यवस्थापन गरिन्छ भनेर कृत्रिम उद्धार अभ्यासमा देखाइएको थियो भने विपद्का बेला आइपर्ने समस्या, उद्धार, बैठक, अनुगमन, प्राथमिक उपचार, रेफर र राहतका विषयमा अभ्यास गरिएको थियो ।
कृत्रिम घटना अभ्यासमा नदीमा मान्छे बगेकाहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, सूचना दिने काम देखाइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्